हेटौंडा/मकवानपुरको मकवानपुरगढी -४ स्थित सामरी सयपत्री टोल बिकास संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

टोल विकास संस्थाको सोमबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । सयपत्री टोल बिकास संस्था लिमिटेडका अध्यक्ष दिपेश कुमार थिङको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा संस्थाको साधरण सभा सम्पन्न भएको थियो । कार्यक्रममा गढी ४ नम्बर वडा सदस्य धन बहादुर लामा मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सर्कलाल लो र मजुवा टोल बिकास संस्था अध्यक्ष कृष्ण बहादुर खड्का, उर्मिला गुरुङ र केदारलाल श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।





























