
गुरु नै हो सबै वेद, गुरु नै हो हाम्रो देब !!
गुरुलाई गर्नु सम्मान , गुरु हाम्रो बाँच्ने आधार।।
न कसैलाई धनी देख्छन् , न कसैलाई गरीब ।।
न त भन्छन कोहि आफ्नो, न त कोहि पराई सोच्छन।
दुख धेरै गरेर , ज्ञानको ज्योति छर्छन।।
शिष्यको जीवनमा , नयाँ रङ्ग भर्छन।।
मैनबत्ती जस्तै आफू जली , ज्योति धेरै छर्छन उनले ।।
ठुलो मान्छे बन्नुपर्छ , सबैभन्दा राम्रो गुणले।।
जति सिक्यो तेति बढ्छ, हाम्रो बुद्धि हेर ।।।
डाक्टर ,पाइलट , सबै बन्छन गुरुले शिक्षा दिएर।।





























