हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा खुल्ला राष्ट्रिय पुरुष रन हेटौंडा हुने भएको छ । खेलकुद विकास समिति हेटौंडाको नव नियुक्त कार्य समितिको आयोजनामा फागुन १८ गते पुरुष रन हेटौंडा हुने भएको हो ।

आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गर्दै पुरुष रन हेटौंडा हुने बिषयमा जानकारी दिएको छ । हेटौंडाको बुद्ध चोक बाट ५ किलो मिटर दुरीमा रन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जनाकारी दिए । प्रतियोगितामा १६ बर्ष पुरा र नेपालि नागरिक भएको पुरुष हुनु पर्ने जनाएको छ ।
प्रतियोगितामा सहभागिता दर्ताको लागि फोटो र नागरिकताको प्रतिलिपिको आवश्यक पर्ने जुमा शुल्क नलाग्ने जनाएको छ । यसै गरी प्रतियोगिताको उद्धघाटन हेटौंडाको बुद्ध चोकमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगत रु ६० हजार प्राप्त गर्ने छन् भने द्धितीय हुनेले रु ५० हजार, तृतीय हुनेले रु ४० हजार प्राप्त गर्नेे जनाएको छ । र प्रोत्साहन पुरस्कार १० हजार दुई जनाले प्राप्त गर्ने आयोजकले जाकारी दिएका छन् । प्रतियोगितामा अनुमानित एक सय जना पुरुष सहभागि रहने जनाएको छ । कार्यक्रमको लागि ४ लाख लागत लाग्ने अनुमान गरिएको छ ।





























