मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

Advertisement

हेटौंडा / नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध गैरकानुनी तथा गैरराजनीतिक व्यवहार गरेकोभन्दै नेपाल तरुण दल मनहरीले आइतबार गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ ।

४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिलासुस्ति भएकोभन्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीका पाँच राजनीतिक दलले चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै तरुण दलले गाउँ कार्यपालिकाको कार्यालय अगाडि नै विरोध सभा गरेको हो ।
विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मनहरी गाउँपालिका सञ्चालन गर्दा देशकै कमजोर पालिकाको रुपमा रहेको र अध्यक्ष र उपाध्यक्षको विवादले विकासबाट गाउँपालिकाबासी बञ्चित भएको स्मरण गराए । पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउने काम गर्नु पूर्वाग्रह मात्रै भएको उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवम् सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताए । उनले विरोध प्रर्दशनमा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मान हानी गर्नेलाई कारवाहीको माग गरे । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्षको नाममा ९ लाख रुपैंयाँ पेश्की रहेको दावी गर्दै उनले बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न चेतावनी दिए । उनले बानियाँको चरित्र हत्या गर्ने पक्षलाई २४ घण्टाभित्र माफी माग्न समेत चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, नेता नुरोज पौडेल, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेतीलगायत नेपाली कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"