छेबुदोमा घुम्ती सेवा सम्पन्न, सेवाग्राही भन्छन् :“घुम्ती सेवा प्रभावकारी छ ”

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाको मुख्य आयोजना र नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाको सह आयोजनामा दक्षिण कोरियाको छेबुदोमा घुम्ती सेवा एबम् सुखद घर फिर्ती अभियान तथा बिबिध विषयमा अन्तरकृया कार्यक्रम सनिबार सम्पन्न भएको छ ।

छेबुदो स्थित एनसीसी दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनाल स्वयम कार्यरत एक कम्पनीको सभाहलमा भएको उक्त घुम्ती सेवा तथा अन्तरकृया कार्यक्रममा छेबुदो आसपासमा कार्यरत लगभग १ सय ५० भन्दा बढी श्रमीकहरुले बिबिध सेवा लिनुका साथै अन्तरकृया कार्यक्रममा भाग लिएका थिए । घुम्ती सेवाबाट राहदानी नबिकरण सेवा, ड्राइभिङ लाईसन सेवा, रेमिट तथा बैकिङ सेवा, मोवाईल तथा सिम सेवा लगायतका सेवाहरु प्रत्यक्ष रुपमा सेवाग्राहीहरुले लाभ लिएको थियो ।

एनसीसी दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षता र नेपाली राजदूतावास दक्षिण कोरियाकी श्रम काउन्सेलर चन्द्रकला ओलीको प्रमुख आतिथ्यतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी चन्द्रकला ओलीले सुखद घर फिर्ती अभियान अभिमुखीकरण, वित्तिय साक्षरता,श्रमीक सचेतना, टलिमेडीसिन सेवा लगायतका विषयहरुमा सहजिकरण गरेका थिए । त्यसैगरी भर्चुअल माध्यमद्धारा सहभागिहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धी आइटी अफिसर राजेश चापागाइले सहजिकरण गरेका थिए । साथै भिषा परिवर्तन सम्बन्धी बिबि सिंले सामान्य सहजिकरण गरेका थिए ।

सहभागिहरुलाई जिएमई रेमीटले रेमिट्यान्स तथा बैकिङ सेवा प्रदान गरिएको थियो भने जिकेएसले मोवाईल तथा सिम सम्बन्धी सेवा प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सहभागिहरुले राजदूतावास र एनसीसीले गरेको उक्त कार्यक्रम श्रमीक वर्गहरुका लागि निक्कै प्रभावकारी भएको र एस्तै खाले कार्यक्रमहरु दक्षिण कोरियाको बिभिन्न क्षेत्रहरुमा निरन्तर सञ्चालन गर्नु सकेमा श्रमीकहरुको धेरै समस्याहरु हल हुने बताएका थिए । उक्त घुम्ती सेवामा थेजन देखि सेवा लिन आएका निमा नोर्बु शेर्पाले कृषि तथा कम्पनीमा निरन्तर काम गर्नेहरुको लागि घुम्ती सेवाले धेरै फाईदा पुगेको बताउदै आयोजकलाई धन्यवाद समेत दिएका थिए । एनसीसी अध्यक्ष खनालले आउदो दिनहरुमा पनि श्रमीकहरुको माग र आवश्यक्तालाई ध्यानमा राखेर दूतावास संगको सहकार्यमा अन्य थुप्रै क्षेत्रहरुमा एनसीसीले घुम्ती सेवा तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै लैजाने बताएका छन् ।

उक्त कार्यक्रममा राजदूतावासका द्धित्तिय सचिव सुर्य थापा, लाबा मिडियाका प्रबन्ध निर्देशक तथा नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरियाका ब. उपाध्यक्ष शुभराज भोम्जन, एनसीसी दक्षिण कोरियाका महासचिव दिपक थापा मगर, जिएमइ रेमिटका साउथ एसीया प्रमुख सुनेश केसी, जिकेएस कोरियाका प्रबन्धकद्धय ईश्वर कठायत र प्रशान्तराज बाँनिया, सामाजिक अभियान्ता बिबि सिंह, सञ्चारकर्मी मनोज गुरुङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुलाई प्रशंसा स्वरुप प्रमान पत्र प्रदान गरेर सम्मान समेत गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"