नेपाल एयरलायन्सको सिधा कोरिया उडान भर्न माग राख्दै कोरियामा कृयाशिल संस्थाहरुले सामुहिक रुपमा राजदूत समक्ष ज्ञापन-पत्र बुझाइयो, राजदूत भन्छन “नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो थाहा पाउनै सकिएन”

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल बिभिन्न पाँच राजनीतिक दलको भातृ संगठन सहित थुप्रै सामाजिक संस्थाहरुले सामुहहिक रुपमा राजदूत डा.ज्योती प्याकुरेल भण्डारी समक्ष ज्ञापन पत्र बुझाइएको छ । कोरियन एयरलायन्सले नेपाल कोरिया उडानमा लिने गरेको अत्याधिक भाडादरको अन्त्य गरिनुपर्ने, दक्षिण कोरियमा नेपाल एयरलायन्सको सिधा उडान भर्नुपर्ने, नेपाल कोरियाको सिधा हवाइ यात्रामा कोरियान एयरलायन्सको एकाधिकार तोड्नु पर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरुको सम्बोधन गरिनुपर्ने माग राख्दै राजदूताबास दक्षिण कोरिया मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाण्डौं र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष बोधार्थ जनाउ गर्दै ज्ञापन पत्र बुझाइएको हो । दक्षिण कोरियामा नेपालको राजनीतिक दलहरुको प्रवास संगठनको रुपमा कृयाशिल रहेको नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया, नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च, नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाली जनप्रगतिशील मञ्च, रास्वपा सम्बद्ध प्रवास नेपाली सम्पर्क बिभाग, नेकपा एकिकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका अध्यक्ष तथा सभापतिहरुले ज्ञापन पत्रमा हस्ताक्षर गर्नुका साथै सामाजिक तथा क्षेत्रीय संस्थाहरुको तर्फबाट, नेपाली सम्पर्क समिति दक्षिण कारिया, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, सोन्सीक दक्षिण कोरिया, बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, गण्डकी प्रदेश समाज दक्षिण कोरिया, पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया, सुदुरपश्चिम समाज दक्षिण कोरिया, कर्णली प्रदेश समाज दक्षिण कोरिया लगायतका संस्थाहरुको अध्यक्षले प्रतिबद्धता सहित ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

कोभिडको समयमा केही समयको लागि कोरियन एयरलायन्सको नेपाल कोरिया सिधा उडान अबरुद्ध भएको थियो तर केही समय पछि विशेष परिस्थितीलाइ ध्यानमा राख्दै महंगो भाडादरमा कोरियान एयरलायन्सको चार्टड उडान गरिएको थियो । केही समयको लागि चार्टर्ड उडान गर्ने भनिएता पनि चार्टड उडान लामै समय टिकीरह्यो चौतर्फी आलोचाना भए पश्चात नेपाल  नेपाल सरकारले नर्मल उडानको लागि अनुमती दिएको थियो । नेपाल सरकारले नर्मल उडानको लागि अनुमती दिएता पनि हाल सम्म कोरियन एयरलायन्सले उहि चार्टड उडानमा लिने बराबरको शुल्क लिएर उडान गरिरहेको छ । कोरियन एयरलायन्सको महंगो भाडादरमा यात्रा गर्नु पर्ने बाध्यात्मक परिस्थितीले गर्दा दक्षिण कोरियामा आउ जाउ गर्ने श्रमीक, विद्यार्थी , नेपाल घुम्ज जान चाहने कोरियान पर्यटक लगायतकालाइ लामो समयदेखि प्रत्यक्ष मार परिरहेको छ । विगत लामो देखि बिभिन्न चरणमा यस विषयमा नेपाल सरकारलाई जानकारी गराउदा समेत माग सम्बोधन हुन सकिरहेको छैन । त्यसैगरी दक्षिण कोरियामा नेपाल एयरलायन्सले पनि उडान भर्ने तयारी अन्तिम चरणमा पुगेको भएता पनि हालसम्म कार्यन्वायन हुन सकिरहेको छैन ।

 

कोरियान एयरलायन्सको एकाधिकार तोड्दै नेपाल एयरलायन्सले पनि सिधा उडान भर्न सकेको खण्डमा दक्षिण कोरियामा आउ जाउ गर्ने श्रमीक विद्यार्थी र अन्य वर्गलाई सहजता हुने थियो । दक्षिण कोरियाली नेपाली समाजमा कृयाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुले पछिल्लो समयमा यि विषयहरुलाइ लिएर सरकार समक्ष माग सम्बोधनको निम्ती गम्भिरपूर्वक आवाज उठाउदै आइरहेको छ । राजदूत समक्ष ज्ञापन पत्र बुझाउन जानेहरुको उपस्थिती बाक्लो रहेको थियो । जसमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनाल, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष किशन गौतम, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको ब.उपाध्यक्ष शुभराज भोम्जन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यबाहक सभापति लक्ष्मण दाहाल, नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष जिवन खतीवडा, प्रवास नेपाली सम्पर्क बिभागका सभापति जिपी तिमल्सीना, प्रवासी नेपाली मञ्च दक्षिण कोरियाकी सल्लाहकार मिना थापा,गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिण गिरी लगायतका अन्य थुप्रै संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

                                राजदूत भन्छन “नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो थाहा पाउनै सकिएन”

राजदूत डा ज्योती प्याकुरेल भण्डारीले आइतबार दिउसो बिबिध मागहरु राख्दै ज्ञापन पत्र बुझाउन पुगेका  संघ/ संस्थाहरुको नेतृत्वहरुलाई नेपाली समाजलाई फाइदा पुग्ने काममा एकताबद्ध भएर कृयाशिल भएकोमा धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको ज्ञापन पत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाण्डौं र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष पठाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसैगरी राजदुत भण्डारीले नेपाल एयरलायन्सले पनि दक्षिण कोरियाको लागि सिधा उडान भर्ने कार्य अन्तिम चरणमा पुगेर अड्कीएको स्विारेका छन् । तर नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो भन्नेकुराको जानकारी आफु स्वयमले समेत थाहा पाउन नसकेको बताइन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"