शुभराज भोम्जन
दक्षिण कोरिया । गायक तथा संगीतकार युनिक दोङको स्वर तथा संगीतमा तयार भएको “डोल्मो” बोलको तामाङ गीतको अडियो सार्वजानिक भएको छ ।

सुक्रबार गायक युनिक दोङको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको गीतमा शुभम लामाको शब्द रचना रहनुका साथै युनिक दोङ र प्रीया थोकरको स्वर रहेको छ । त्यसैगरी जोगलाल लामाले एरेञ्ज गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरिङ गरेका छन् ।
गायक दोङ विगत लामो समय देखि तामाङ गीत संगीतमा कृयाशिल रहदै आइरहेका छन् । स्थायी घर नेपालको काभ्रे भएका दोङ विगत आधा दशक भन्दा धेरै समय देखि रोजगारीको शिलशिलामा दक्षिण कोरियमा रहदै आएका छन् । गायक दोङको स्वरमा दर्जनौ तामाङ गीतहरु बजारमा आइसकेका छन् ।





























