नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी (भिडिओ सहित)

Advertisement

काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ ।

रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा ।

फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए ।

दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । मास्टको टिप्पणी रिपब्लिकन सिनेटरहरुले उठाउने गरेको प्रश्नकै निरन्तरताका रुपमा आएको देखिन्छ । मास्टले शुक्रबार अमेरिकी सिनेटको संसदीय समितिमा आठ मिनेट यही विषयको वरिपरि आफ्ना धारणा राखेका थिए । आफूले दिएको प्रस्तुतिलाई मास्ट आफैंले शुक्रबार ट्वीटरमा राखे ।

अमेरिकामा राष्ट्रपति चुनावको सम्मुख डेमोक्र्याट र रिपब्लिकन सांसदहरुबीच धार्मिक, लैंगिक, वातावरण र विभिन्न देशहरुबारे लिइएको नीति लगायतका विषयमा लगातार घोचपेच चलिरहेको छ ।शुक्रबार संसदीय समितिको आफ्नो प्रस्तुतिमा सांसद मास्टले बाइडेन प्रशासनका विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मालाई लक्षित गर्दै धर्मको विरोध र नास्तिकतालाई प्रवर्द्धन गर्न रकम नेपालमा किन पठाइयो भनी प्रश्न गरे । ‘आधा मिलियन डलर नेपालमा नास्तिकता फैलाउन पठाइएको छ, अहिले उनीहरु संसदमा झुटो विवरण दिनका लागि उपस्थित भएका छन्’, मास्टले दाबी गरेका छन् । लाइनखबरबाट साभार गरिएको ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"