हेटौंडा/ हेटौंडामा नेकपा एकिकृत समाजवादी पार्टीमा ११३ जना प्रवेश गरेका छन् । शनिबार हेटौंडा -३ बसामाडी स्थित काका पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रमका बिच युवाहरु पार्टीमा प्रवेश गरेको हो ।

अन्य दल परित्याग गरी १०५ जना पुरुष र ८ जना महिला पार्टी प्रवेश गरेको नेकपा एकिकृत समाजवादी युवा संघका अध्यक्ष किरणमान बलले बताए ।

हेटौँडाका बुद्ध लामा पाख्रिन, उमेश तामाङ, जनम लामा र आइतबहादुर मोक्तानको नेतृत्वमा उनीहरु एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थायी कमिटी सदस्य, पुर्व स्वास्थ मन्त्री विरोध खतिवडाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।





























