काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

नेतृ बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारीले जानकारी दिए अनुसार नेतृ बमले पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिक लाभ लिएको आरोप छ ।





























