सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

Advertisement

हेटौंडा/ ६७औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित भई सञ्चालन हुनुपर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारी दिवसको अवसरमा महासंघले निर्धारण गरेको “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नारालाई सार्थक बनाउन सम्पूर्ण सहकारी संघ संस्थाहरुको जिम्मेवारी भएको बताए ।

त्यस्तै बागमती प्रदेश सहकारी रजिष्ट्रार रोहित पोखरेलले सहकारीका सदस्यहरु गम्भिर र ईमान्दार भए सहकारीमा समस्या नआउने बताए । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुका साथै अन्तरक्रिया कार्यक्रमले सहकारीमा उत्पन्न समस्याको समाधान गर्ने उपाय निस्कने बताईन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"