९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । दक्षिण कोरियमा अध्ययनरत विद्यार्थीहरुको साँझा संगठन नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले आयोजना गर्न लागिएको “९ औं सोनसिक खेलकुद उत्सब-२०२४” को तयारी अन्तिम चरणमा पुगेको सोनसिक अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिएका  छन् ।

सन् २००४ मा स्थापना भए देखिनै नेपाली विद्यार्थीरुको माझमा सकृय रहदै आएको सोनसिकले यस वर्ष पनि खेलकुद उत्सब भब्यताका साथ मनाउन लागेको हो । आउदो सनिबार र आइताबारका दिन आसान स्थित रहेको सन मुन विश्वविद्यालयमा हुने खेलकुद उत्सबमा फुटसल, भलिबल, ब्याटमिण्टन र ८ सय मिटरको दौड प्रतियोगिता हुने छ । पहिलो दिन औपचारिक कार्यक्रम हुनुका साथै नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने जनाएको छ ।

पहिलो दिनमा विद्यार्थी संग सोनसिक कार्यक्रमको निरन्तरता दिदै कोरियाली कानुन तथा विविध विषयमा अन्तरकृया समेत गर्ने कार्यतालिका रहेको छ । कार्यक्रमको दोश्रो दिन अर्थात अप्रिल ७ मा खेलकुद कार्यक्रमहरु हुने छ । संस्थाका अध्यक्ष पौडेलले बताए अनुसार औपचारिक कार्यक्रम एबम् खेलकुद कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक पर्ने हल तथा खेल मैदान विश्वविद्यालयले निशुल्क उपलब्ध गराएको छ । कार्यक्रममा सहभागिताको लागि संस्थाले उपलब्ध गराएको सहभागिता फारम भर्नेहरुको लागि खाने बस्ने ब्यबस्था समेत गरेको छ ।

 

खेल उत्सबमा सञ्चालन हुने फुटसल खेलको लागि १२ वटा समुहले दर्ता गराउनुका साथै उक्त खेलमा प्रथम स्थान हाशिल गर्ने समुहले १० लाख कोरियन वन नगद,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । उक्त खेलकुद उत्सबमा ३ सय भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको छ । उक्त कार्यक्रममा राजदूताबास र दक्षिण कोरियामा कृयाशिल विभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यता रहनुका साथै विभिन्न विश्वविद्यालयहरुको नेपाली तथा कोरियन प्राध्यापकहरुको पनि आतिथ्यता रहने छ । खेलकुद उत्सबमा सहभागिताको लागि लाबा न्युज मार्फत आयोजक संस्थाका अध्यक्ष मेघनाथ पौडेलले विशेष आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"