काठमाडौं / इलाम–२मा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी बैशाख १५ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता भएको हो । सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।





























