हेटौंडा । नेपाल बिद्युत प्राधिकरण हेटौंडाले आज मगंलाबार दिनभर जसो वद्युत अबरुद्ध हुने जनाएको छ ।

विद्युत प्राधिकरणको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने भएको नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको हो । बिहानैबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सूचना अधिकारी रामबाबु लोप्चनले जनाकारी दिए ।





























