हेटौंडा/ नेकपा ( एकिकृत समाजवादी) पार्टी मकवानपुरको नवौं जिल्ला अधिवेशन बैशाख १५ र १६ गते हुदै छ ।
हेटौंडा – ४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशन हुने नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

अधिवेशन हुने सम्बन्धमा नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिदै ,
चैत्र २८ गते बसेको पार्टीको बैठकको निर्णय अनुसार १५ गते नेकपा एसका केन्द्रिय अध्यक्ष माधव नेपालले कार्यक्रमको उद्धघाटन गर्ने र १६ गते बन्ध सर्तमा नयाँ कार्य समिति चयन गर्नेे नेकपा एस मकवानपुरका अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिए ।
यसै गरी बैशाख ९ र १० गते जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताए । दलित , महिला र खुल्लामा ५ ः ८ ः १० को अनुपातमा र मुस्लिम र पेशागत ५ः१ को अनुपातमा प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताएका छन् ।





























