अञ्जना तामाङ
हेटौंडा/ नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागु हुने भएको छ । नेवा तामाङ भाषालाई बैशाख २४ गते सोमबार देखि सरकारी कामकाजि भाषाको रुपमा लागु गरिने भएको हो ।

नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो सम्बन्धमा जानकारी दिएको हो । यसै तिन समितिको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवा ÷तामाङ भाषा दिवस मनाईने आयोजकले जनाएको छ । सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्ध चोक देखि सांस्कृतिक झाँकी सहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिने जनाएको छ । सोहि दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सांसदहरुको बिशेष भुमिकाले भाषालाई सरकारी कामकाजिको रुपमा लागु गर्न संभव भएको आयोजक समितिले जनाएको छ ।





























