शुभराज भोम्जन
दक्षिण कोरिया । गायक सुरेश लामा र गायिका निर्मला घिसीङको स्वरमा सजिएको ‘जिउ लाग्ने’ बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक भएको छ ।

मंगलबार पीएस क्रिएशन नामक युट्युब च्यानल मार्फत गीतको भिडीयो सार्वजनिक गरिएको हो । कुमार स्याङबाको शब्दमा गायक तथा संगीतकार छेटुप मोक्तानले उक्त गीतको संगीत गरेका छन् । गीतको एरेञ्ज फडिन्द्र राईले गरेका छन् भने सुमन खड्काले मिक्सीङ मास्टरीङ गरेका छन् ।
गीतको भिडीयोमा गायक तथा मोडल आरम्भ लामा, मोडल रोहनी लामा र सुब्बा लामाले अभिनय गरेका छन् । भिडीयोलाई प्रतिक न्यासुरले निर्देशन गर्नुका साथै जिबन बास्कोटाले छायांकन गरेका छन् । भिडीयोको सम्पादन अमृत चापाँगाईले गरेका छन् ।
भिडीयो सहित…..





























