हेटौंडा/ हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राईड हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल इन्फिन्ड फोरएको सहकार्यमा जेन्टलम्यान राइड हुन लागेको हो । जेठ ५ गते शनिबार उक्त कार्यक्रम हुने सम्बन्धमा ईन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

उक्त राइडमा महिला पुरुष दुवै सहभागि हुन पाउने र एक सय जना भन्दा बढी राइडरहरुको सहभागिता हुन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । हेटौंडा ४ भुप्रा चौर नजिकै रहेको सुत्र लन्जको प्राङ्गणबाट राइड सुरु गर्ने र हेटौंडा उपमहानगर परिसर परिक्रमा गरी समापन गरिने ईन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागिता जनाउने ४ जना राइडरहरुले बिशेष उपहार समेत पाउने अध्यक्ष शाहीले बताए ।





























