काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।





























