हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।





























