काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान गर्न ह्विप जारी गरेका हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न बैठक सकिएपछि प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेको हो ।





























