हेटौँडा / मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीका दीपक घोरासैनी मृत फेला परेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित ड्रागन होटलमा मंगलबार साँझ घोरासैनीलाई प्रहरीले मृत फेला पारेका हुन् । घोरासैनीलाई ड्रागन होटलमा झन्डिएको अवस्थामा फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।





























