२४ जनाले गरे रक्तदान

Advertisement

मकवानपुर / टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायत सहभागी थिए ।

समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुमा विहान ७ बजे सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वन विज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसंग बालबालिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ । त्यस्तै २० गते दिउँसो १ बजे रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने र २१ गते विहान ६ बजे हुप्रचौरबाट उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतना मुलक साइकल र्याली तथा सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताए ।

जेठ २२ गते विहान ७ बजे मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा दिउँसो ३ बजे रोयल पार्टी प्लालेस मा खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिने जनाइएको छ । त्यस्तै जेठ २३ गते विहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । सोही दिन वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"