समाचार

२६औं स्थापना दिवसमा फोनिज मकवानपुरद्वारा प्रभातफेरी

२६औं स्थापना दिवसमा फोनिज मकवानपुरद्वारा प्रभातफेरी

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले २६औं स्थापना दिवसको अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभा अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोक बाट सुरु भई बजार परिक्रमा गर्दै पुन ः सिमा चोकमा आएर कोण सभामा परिनत भएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि पत्रकार महासंघ बागमत्ी प्रदेहका अध्यक्ष मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएकोे छ । कार्यक्रममा फोनिजका पदाधिकारी, सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ लगायत सञ्चाकर्मीहरुको ...
हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग

Breaking news 3, समाचार, समाज
हेटौंडा/ हेटौंडा–१३/ निवासी स्तन क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कालिका मावि हेटौंडा १३ व्यव्स्थापन समितिका अध्यक्ष महिला उद्यमी तथा सामाजिक अभियान्ता संगीता वाइवाको अगुवाइमा सञ्चालन गरिएको एक महिने सहयोग अभियानमार्फत संकलित रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित थिङलाई प्रदान गरिएको हो । वाइवाको सक्रियता र मानवीय संवेदनाबाट प्रेरित भएर सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ । कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, समाजसेवी फेन्चु रुम्बा लगायतको उपस्थित रहेको थियो । विगत पाँच वर्षदेखि पातली माया थिङको उपचारमा साथ दिँदै आएकी वाइवाले क्यान्सरको दीर्घकालीन उपचार खर्च थाम्न नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जाललाई माध्यम बनाएर सहयोगको अपिल गर्नु भएको थियो । उहाँका अनुसा...
मुख्यमन्त्री बानियाँ सहित  ८  मन्त्रीले लिए सपथ

मुख्यमन्त्री बानियाँ सहित ८ मन्त्रीले लिए सपथ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिमा नयाँ सरकार गठन भएको छ। नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भई मंगलवार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराउनुभएको हो । मुख्यमन्त्री बानियाँसँगै गठबन्धन सरकारका आठ मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमालेबाट छ जना र नेपाली काँग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन् । नेकपा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा भौतिक तथा पूर्वाधार विकास मन्त्रीका रूपमा शपथ लिनुभएको छ । जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त हुनुभएको छ। भरतबहादुर केसी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएको छ भने मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हाल्नुहुनेछ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्...
‘साम्बा’ भोलि हेटौंडामा सम्मानित हुँदै

‘साम्बा’ भोलि हेटौंडामा सम्मानित हुँदै

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ साउन १७ गते हेटौंडामा सम्मानित हुँदैछिन् । ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने कार्यक्रममा हेटौंडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने जनाएको छ । फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने छ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशीले गरेका छन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशियाबाहिर चिनाएकी छन् । उनले फ्रान्स, भारत, माल्दिभ्स हुँदै हाल न्युजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छिन् । कार्यक्रममार्फत उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने आयोजकले जनाएका छन् । सञ...
बागमतीको भौतिक मन्त्रालयद्धारा आर्थिक वर्ष ८१-८२ को प्रगति विवरण सार्वजनिक

बागमतीको भौतिक मन्त्रालयद्धारा आर्थिक वर्ष ८१-८२ को प्रगति विवरण सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरण सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पुर्वधार मन्त्री अमनकुमार मास्केले मुख्य उपलब्धिहरू र चालु आर्थिक वर्षका कार्यदिशाबारे जानकारी गराउनुभएको हो । मन्त्री मास्केले विश्वास, सहकार्य र पारदर्शिता को मूल धारमा रहेर मन्त्रालयले ५५ वटा समस्याग्रस्त आयोजनाहरू पहिचान गरेको जानकारी दिनुभयो । तीमध्ये २१ वटा आयोजना सम्पन्न भइसकेका छन् भने ३४ वटा आयोजनामा काम अघि बढिरहेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि गठन गरिएको द्रुत प्रतिकार टोली मार्फत बाढी र पहिरोले क्षति पु¥याएका काभ्रे, भक्तपुर, रामेछाप, सिन्धुली लगायतका स्थानहरूमा सडक तथा भौतिक संरचनाहरू तत्काल पुन सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । पुनर्निर्माण र पुनस्थापनाका लागि १५ करोड २५ लाख रुपैयाँ बजेट स...
राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्री लामाद्वारा पदमुक्त

राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्री लामाद्वारा पदमुक्त

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन् । ती मन्त्रीहरूले शुक्रबार दिउँसो राजीनामा बुझाएका थिए । मुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) अनुसार राजीनामा स्वीकृत नगरी उनीहरूलाई पदबाट हटाएका हुन्। पदमुक्तसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने , सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन , संस्कृति तथा पर्यटन विमलचन्द्र ठकुरीले राजीनामा बुझाएका थिए । यस घटनापछि प्रदेश सरकारभित्रको राजनीतिक समीकरणबारे थप बहस सुरु भएको छ। नेपाली कांग्रेसले यसबारे आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने जनाएको छ ।...
सत्ता कुर्सी डगमगियो,  मुख्यमन्त्री लामाविरुद्ध दलभित्रै सशक्त हमला

सत्ता कुर्सी डगमगियो, मुख्यमन्त्री लामाविरुद्ध दलभित्रै सशक्त हमला

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ कांग्रेस बागमती प्रदेशमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीभित्रैबाट मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पार्टीकै २१ जना प्रदेशसभा सदस्यले लामाको नेतृत्वमा असन्तुष्टि जनाउँदै प्रदेश संसद सचिवालयमा हस्ताक्षरसहितको अविश्वास प्रस्ताव पेश गरेका हुन् । संसदीय गणितअनुसार ३७ सदस्य रहेको कांग्रेस प्रदेश दलमा नेता बन्न १९ मत पर्याप्त हुन्छ  । अहिले बहुमत सांसदको समर्थनमा प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्व संकटमा परेको छ । यसअघि इन्द्र बानियाँलाई पराजित गर्दै नेता बनेका लामामाथि जनअपेक्षा अनुसार शासन गर्न नसकेको आरोप लागेको छ । यसैबीच सरकारमा रहेका चारजना मन्त्री—सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदु कुमार श्रेष्ठ—ले पनि सामूहिक रूपमा राजीनामा दिँदै नेतृत्वमा असहमति प्रकट गरेका छन् । अविश्वास प्रस्तावको पृष्ठभूमिमा प्रदेश सरकारले ल्याएको...
वाईसीएल मकवानपुरद्वारा बकैया गाउँपालिकामा भलिबल ग्राउन्ड निर्माणमा श्रमदान

वाईसीएल मकवानपुरद्वारा बकैया गाउँपालिकामा भलिबल ग्राउन्ड निर्माणमा श्रमदान

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  “श्रम तथा उत्पादनमा वाईसीएल” भन्ने मूल नाराका साथ वाईसीएल नेपाल मकवानपुरले श्रमदान कार्यक्रम सञ्चालन गरेको छ । वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा सञ्चालित दुई महिनाको श्रम अभियान अन्तर्गत मकवानपुरमा यो अभियान अघि बढाइएको हो । कार्यक्रम अन्तर्गत बकैया गाउँपालिका–८ स्थित ‘सहित स्मृति भलिबल ग्राउन्ड’ निर्माणका लागि श्रमदान गरिएको हो । ग्राउन्ड निर्माण कार्यमा वाईसीएलका सदस्यहरूसहित पार्टी पदाधिकारी, स्थानीय जनप्रतिनिधि र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । श्रमदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य तथा मकवानपुर जिल्ला फ्याक्सन इन्चार्ज सुमन पाख्रिन, वाईसीएल नेपाल केन्द्रीय सदस्यहरू कमल अर्याल र दिपेन्द्र अधिकारी, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, पार्टीका गाउँ कमिटी अध्यक्ष बिमल नेपाल, वाईसीएल नेपाल बाग्मती प्रदेश सह–सचिव विष...
हेटौंडामा महिला फुटबल कप्तान साबित्रा भण्डारी सम्मानित हुने

हेटौंडामा महिला फुटबल कप्तान साबित्रा भण्डारी सम्मानित हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ९साम्बा० साउन १७ गते हेटौंडामा विशेष सम्मान पाउने भएकी छन् ।   ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ शीर्षकमा आयोजना हुने उक्त कार्यक्रममा ५० हजार रुपैयाँ नगदसहित भण्डारीलाई सम्मान गरिनेछ । कार्यक्रमको आयोजना सञ्चारिका समूह नेपाल, मकवानपुरले गर्दैछ भने सम्मान हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशी को प्रायोजनमा प्रदान गरिनेछ । कार्यक्रमको उद्देश्य भण्डारीले फुटबलमा पुर्‍याएको योगदानलाई आम दर्शकसामु प्रस्तुत गर्नु हो । उनी पहिलो नेपाली महिला खेलाडी हुन् जसले अन्तर्राष्ट्रियस्तरमा ५० गोल पुर्‍याएकी मात्र होइन, युरोपेली क्लबबाट गोल गर्ने कीर्तिमान समेत बनाएकी छन् । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङका अनुसार,“साबित्राले देशलाई अन्तर्राष्ट्रिय फुटबल नक्शामा चिनाएकी छन् । उनको सं...
विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा विद्यार्थीहरुलाई काम लगाईदिने भन्दै पैसा ठग्ने र काम गरे वापतकाृे पारिश्रमिक नदिइकन आफैले लिने गरेका विचौलियाहरुको विरुद्धमा नेपाली राजदूतावसले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारि गरिएको छ । नेपाली विद्यार्थीहरुलाई धम्क समेत दिने गरेको उजुरीहरु दूतावासमा थुप्रै परेको जनाएको छ । विज्ञप्तीमा उल्लेख गरेअनुसार विचौलियाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारेर बैंक कार्डको समेत दुरुपयोग गर्ने गरेको जनाएको छ । नेपाली विद्यार्थीहरुलाई ठग्ने, धम्किदिने र प्रलोभनमा पारेर दुःख दिने विचौलियाहरु नेपालीनै रहेको जनाएको छ । दूतावासले त्यस्तो कार्य नगर्नको लागि विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"