शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं
Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ ।
त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक ट...








