समाचार

देशका अधिकांश भागमा वर्षा हुने

देशका अधिकांश भागमा वर्षा हुने

Breaking news 3, समाचार
काठमाडौं/ आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो । बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै तराई भेगमा पनि वर्षा हुनेछ । यसैगरि आइतबार र सोमबार हुने वर्षाले न्यूनतमका साथै अधिकतम तापक्रममा गिरावट आउने हुँदा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउने भएको छ । मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव आउने भएको हो । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दे माघ २४ गते यादव हेटौंडा आउने बारे जानकारी दिएको थियो । कार्यक्रममा नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता र यादवको प्रमुख आतिथ्यता रहने मकवानपुर जिल्ला कार्यलयले जनाएको छ ।...
निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

Breaking News 2, समाचार
हेटौंडा/ निर्माण ब्यवसायी महासंघ मकवानपुरको २४ औं साधारण सभा समपन्न भएको छ । शनिबार संघको साधरण सभा सञ्चालन गरिएको हो । सभामा निर्माण ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता तथा निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कडेलको सभा अध्यक्षतामा सभा सञ्चालन भएको थियो । प्रमुख अतिथि सिंहले कार्यक्रमको उद्धघाटन गर्दै महा संघ जिम्मेवार हुने र निर्माण ब्यवसायी संघको भवन निर्माणलाई बढी प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
सिन्धुली/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताए। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।...
अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए। अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे। यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।...
संसद्को अधिवेशनमा संविधान अनुसारका कानून निर्माण गर्न रास्वपाको सरकारविरुद्ध दबाब बढाउने निर्णय

संसद्को अधिवेशनमा संविधान अनुसारका कानून निर्माण गर्न रास्वपाको सरकारविरुद्ध दबाब बढाउने निर्णय

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य–मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बनाउने निर्णय लिएको हो । संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । रास्वपाले त्यसैको तयारीका विषषयमा छलफल गर्न शुक्रबार दलको बैठक राखेको थियो ।...
कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोक्यो

कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोक्यो

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । जसमा अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएकी छन् । त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।...
नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ । दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।...
भारतसँगको विद्युत् व्यापारसम्बन्धी सम्झौताबारे सर्वोच्चले माग्यो एमीकस क्युरी

भारतसँगको विद्युत् व्यापारसम्बन्धी सम्झौताबारे सर्वोच्चले माग्यो एमीकस क्युरी

Breaking News 2, समाचार
काठमाडौँ/ भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले एमीकस क्युरीको माग गरेको छ । भारतसँगको सम्झौता संसदबाट पास गराउनुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि अदालतले अदालतको सहयोगी माग गरेको हो । पूर्व प्रशासक सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा उक्त सम्झौता संविधानको धारा २७९ आकर्षित हुने होकि होइन र त्यसका लागि संसदको दुई तिहाईबाट पास गर्नुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि एमीकस क्युरीको माग गरेको हो । माघ १६ गते मंगलबार न्यायाधीश नहकुल सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारसँग एक एक जना एमीकस क्युरीको माग गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको समयमा गत जनरी ४ मा नेपाल र भारतबिच १० हजार मेगावाटको विद्युत् व्यापार सम्झौता भएको थियो । उक्त सम्झौतामा उत्पादित बिजुली बिक्रीको विषय मात्र...
वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

Breaking News 1, समाचार
काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । उहाँले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो । अध्यक्ष ओलीले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने,...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"