Day: ३ वर्ष अगाडि

इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

अन्तर्राष्ट्रिय, समाचार
कात्तिक २०, काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीको युद्धमा प्यालेस्टाइन तर्फका १० हजार बढिको मृत्यु भएको छ । एक महिनायता जारी प्यालेस्टाइन र इजरायलबीचको युद्ध अझै रोकिएको छैन । घना युद्ध भएको ३१ दिनमा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आफ्नो देशको तर्फबाट मृत्यु हुने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । इजरायली बमबारीले घेराबन्दीमा परेको इलाकामा तीव्रता बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क आएको हो । गाजापट्टीमा ३१ दिनको इजरायली आक्रमणमा १० हजार भन्दा बढी मानिसहरू मारिएका छन्, प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार घेरामा परेको एन्क्लेभमा युद्धविरामको कुनै संकेत छैन । सोमबार एक विज्ञप्तिमा, गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या कम्तिमा १० हजार २२ जना  भएको बताएको छ । जसमा ४ हजार एक सय चार बालबालिका छन् । धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि फसेको अलजजिराले जनाए...
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

समाचार, समाज
कात्तिक २०, काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ मा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने पनि समितिले जनाएको छ । तर साइत नै खोज्नेका लागि भने १०ः५१ उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।...
जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

समाचार, समाज
कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन । सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ । यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको परकम्पका कारण थप चिन्तित बनेका छन् । शुक्रबारको भूकम्पका कारण जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरिसकेको छ । ...
राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार

राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार

खेलकुद
कात्तिक २०, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको सचिव पारस खड्काले बताए । काठमाडौंमा आईतबार सम्पन्न भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने २०२० को विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भयो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेको पनि सचिब खड्काले जानकारी दिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"