Day: ३ वर्ष अगाडि

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

खेलकुद, समाचार
१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ । खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २...
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

अर्थ, समाचार
१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

Breaking News 1, राजनीति, समाचार
१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"