Day: २ वर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले त्रिविलाई दिईन धन्यवाद

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले त्रिविलाई दिईन धन्यवाद

शिक्षा, समाचार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेको छ । त्रिवि प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको प्रश्न पत्र दुवै भाषामा बनाउने निर्णय गरेको हो । उक्त निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छन् । विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा गरेको भन्दै त्रिविका उपकुलपतिलाई धन्यवाद दिएकी हुन् । शिक्षामन्त्री हुनु अगाडी उनले प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा बनाउनुपर्ने आवाज उठाउँदै आएकी थिइन् । उनले सदनमै प्रश्न पत्र देखाएरै प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवैमा बनाउनुपर्ने माग राखेकी थिइन् ।...
देशका अधिकांश भूभागमा आज पनि वर्षा

देशका अधिकांश भूभागमा आज पनि वर्षा

समाचार
काठमाडौं/ देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, गण्डकी र बागमती प्रदेशमा हिजोदखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात समेत भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला

Breaking news 3, समाचार
काठमाडौँ/ चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"