बिपिन गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्कको उद्घाटन
दक्षिण कोरिया । बिपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्को आइताबार उद्घाटन भएको छ । दोङदेमुन स्थित रहेको एनआरएनए कोरियाको कार्यालयलाइनै हेल्प डेस्कको रुपमा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यता रहनुका साथै एनआरएनए आइसीसीका अध्यक्ष महेश श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । मन्त्री भण्डारी र अध्यक्ष श्रेष्ठ अनलाईन भर्चुअल माध्यमद्धारा कार्यक्रममा जोडिएको थियो । प्रमुख अतिथि भण्डारीले हेल्प डेस्क नेपालीहरुको सेवामा समर्पित कार्य भएकोले प्रसंशा गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष विपिन कुमार गुरुङले कोरियामा नेपालीहरुको थुप्रै समस्याहरु रहेको र त्यस्ता समस्याहरुको समाधान तथा सहजिकरण गर्नको लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताएका छन् ।
अध्यक्ष गुरुङले बताए...