हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग
हेटौंडा / नेकपाका भ्रातृ संस्था युवा संघ, वाईसिएल र तरुण दलका युवाहरूले हेटौंडामा प्रदर्शन गरेका छन् । उनीहरूले संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गर्न, र सर्वपक्षीय बैठकको आयोजना गर्न माग गरेका छन् ।
युवाहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ र ‘संविधान मास्न पाँइदैन’ लेखिएका प्लाकार्डसहित नाराबाजी गरे। प्रदर्शनमा युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, वाईसिएल जिल्ला अध्यक्ष मुक्ति तामाङ र नेविसंघ नेता ईश्वर पाठकको पनि सहभागिता रहेको थियो । उनीहरूले जंगी अड्डाले राष्ट्रपतिको नियन्त्रणमा राखेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन् ।...