हेटौंडा / हेटौडा उपमहानगरपालि वडा नम्बर–१८ बरौलीखोलाले बगाएर बालिकाको मृत्यु भएको छ ।

स्थानीय धन बहादुर बलको छोरी १० वर्षकी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा अचानक आफै चिप्ली बरौली खोलामा परी सोही खोलामा आएको बाढिले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक बालिकाको शव कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।





























