ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान
काठमाडौं / रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो । हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लग्दै आएको छ । कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पु–याउनको लागि बोलपत्र आह्वान गरिएको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ । आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट ...
