नेफिन जेजुको मुख्य आयोजनामा हुन लागिएको ३० औँ विश्व आदिवासी दिवसको तयारी तीब्र

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा हुन लागिएको ३० औँ विश्व आदिवासी दिवसको तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष गजिन हाङस्रोङले जानकारी दिएका छन् ।

आउँदो अगस्ट ४ आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 १길 ११ मा हुन  लागिएको  उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सोही निर्णय मुताबिक विश्वका थुप्रै देशहरूमा विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ । जेजु शाखाले गत वर्ष झै यसवर्ष पनि आदिवासीहरूको विविध झाँकी, संस्कृति तथा रैथाने परिकारहरू सहितको मौलिक प्रकृतिको कार्यक्रमको आयोजना गर्न लागिएको हो । अगस्ट ९ लाई दिवसको दिनको रुपमा लिए पनि समय अनुकुलताको आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो ।

कार्यक्रमको मुख्य आयोजक महासंघ जेजु शाखा रहनुका साथै सह आयोजकको रुपमा महासंघमा आवद्ध जेजु शाखाको रुपमा स्थापना गरिएको जातीय संस्थाहरू रहेका छन् । रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ आयोजना हुन लागिएको कार्यक्रममा सहभागिताको लागि आयोजकले अपिल समेत गरेका छन् । त्यसैगरी महासङ्घ केन्द्र सौलले भने अगस्ट ११ तारिखमा वृहत रुपमा कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेका छन् भने महासङ्घ बुसान शाखाले अगस्ट १८ मा दिवस मनाउने तयारी गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"