राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
हेटौंडा / अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि अतिथि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले समाज परिवर्तन र विकासको लागि शिक्षा महत्त्वपूर्ण भएको बताईन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष अशोक थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपामा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव वीर बहादुर घलान (ज्वाला) , जिल्ला समन्वय ...
