पूर्वाञ्चल सरोकार समाज अन्तर्गतको कार्यक्रमहरूको पोस्टर सार्वजनिक 

Advertisement

दक्षिण कोरिया । सन् २०१५ देखि दक्षिण कोरियामा क्रियाशील रहँदै आएको पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया अन्तर्गत रहेर कोरियन पर्व छुसकको अवसरमा आयोजना गरिने कार्यक्रमहरूको पोस्टर सार्वजनिक गरिएको छ ।

आइतबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सौलको दोङदेमुन स्थित रहेको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोस्टर सार्वजनिक गरिएको हो । आउदो छुसकमा पाँचथर सेवा समाजको आयोजनामा गर्न लागिएको पाँचथर सांगीतिक सौगात भाग २ मा नेपथ्य ब्याण्ड ल्याउने जानकारी दिनुका साथै पोस्टर समेत सार्वजनिक गरेका छन् । त्यसैगरी रात्रिकालीन कार्यक्रमको रुपमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा याक्थुङ रैथाने मेलोडी नाइट र भोजपुर सेवा समाजको आयोजनामा भोजपुर डान्स पार्टीको आयोजना गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्नुका साथै कार्यक्रम आयोजना गर्नुको उद्देश्य र हाल सम्मको तयारीको विषयमा जानकारी गराइएको थियो । कार्यक्रमको तयारीमा तागेता पनि नेपालमा कलाकारहरूको भिसा अप्लाइ गर्नको लागि डेट नपाएर समस्यामा परिरहेको पाँचथर सांगीतिक सौगात भाग २ का आयोजक संस्थाका अध्यक्ष रमेश लावतीले बताए । पत्रकार सम्मेलन पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष गजेन्द्र शर्माको अध्यक्षतामा हुनुका साथै संस्थाका सल्लाहकार तथा संस्था सम्बद्ध प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।  उक्त कार्यक्रमको अवसरमा किरात राई यायोक्खा दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले समाजलाई प्रोजेक्टर सहयोग समेत हस्तान्तरण गरेको थियो ।

वार्षिक साधारण सभा सम्पन्न 

पूर्वाञ्चल सरोकार समाजले आफ्नो वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । संस्थाले छुसकमा आयोजना गर्न लागिएको कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्ने पहिलो सेसनको कार्यक्रम सक्किने बित्तिकै वार्षिक साधारण सभाको कार्यक्रमलाई अगाढी बढाएको थियो ।

साधारण सभामा वर्ष भरीको गतिविधिहरूलाई सँगालेर प्रतिवेदन प्रस्तुत गर्नुका साथै आर्थिक प्रतिवेदन समेत सभामा प्रस्तुत गरिएको थियो । सभामा प्रस्तुत गरिएको प्रतिवेदनहरूमा वृहत छलफल हुनुका साथै भावी कार्ययोजनाहरुको विषयमा पनि बहस गरिएको थियो । साधारण सभामा सरोकारवाला पक्षहरूको उत्साह पूर्वक सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"