भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न 

Advertisement

हेटौडा / हेटौडा स्थित वृन्दावन रेस्टुरेन्टमा आज भदौ ३ गते भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर भेला एक कार्यक्रम बीच सम्पन्न भएको छ। रौतहट जिल्ला अध्यक्ष विनोद काफ्लेको सहजकर्तामा सञ्चालित उक्त भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले विवाहित महिलाहरूलाई चुडा, सिन्दुर, लिपिस्टिक आदि सँग माया बस्नु भनेको पुरुष प्रधान समाजको दास्तासँग माया बस्नु हो भन्ने कुरामा सबै सचेत हुन जरुरी छ।

महिलाहरुले आफूहरू सँग बिहे गर्दा पुरुषहरुले आफूलाई सिन्दुर हाल्दा आफ्नो बिहे भएको तर पुरुषहरुलाई आफूले केही नहाल्दा पुरुषको बिहे कसरी भएको यसतर्फ पनि तर्क गर्नुपर्ने कुरा राख्नुभयो। श्रीमान श्रीमती आधाआधा भएपछि सबै कुरामा आधा हुने होइन र रु महिला पुरुषको दासी होइन, किन महिलाले श्रीमानको खुट्टा धोएर पिउनुपर्ने रु श्रीमानले श्रीमतीको खुट्टा धोएर पिउँदा के हुन्छ रु किन नपिउने रु अब यस्तो प्रश्न महिलाहरुले गर्ने बेला आएको छ। धर्मले सबैभन्दा बढी महिलाहरूलाई नै प्रतारना गरेको छ। तर पनि नेपाल भारत जस्तो देशमा सबैभन्दा बढी अन्धविश्वास मान्ने महिलाहरू नै देखिन्छ ।

अब महिलाहरु अन्धविश्वास रुढीवाद र पाखण्डको समस्या बाट मुक्त हुन जरुरी छ । एकाइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो । अब पनि अन्धविश्वासमा रुमलिनु भनेको मूर्खता बाहेक अरु केही पनि होइन। अब हाम्रो चेतना विज्ञानको प्रमाणित ज्ञानले लस हुन जरुरी छ। हाम्रो संस्कृतिहरु वास्तवमा धार्मिकताले गर्दा विकृतिमा रुपान्तरित भएको छ संस्कारको नाउँमा कुसंस्कार हामीले बोकिरहेका छौं भौतिकवादी समाज नेपाल यस्ता सबै खाले अन्धविश्वास र कुसंस्कारको विरोध गर्छ आफ्नै भौतिकवादी संस्कृतिको विकास गरेर भौतिकवादी समाज निर्माण गर्न चाहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पुरुषोत्तम आचार्य, दिलबहादुर सुनार, गणेश विश्वकर्मा , सुदिप विश्वकर्मा, प्रमिला सुनार, रोमिन ओली लगायतले विभिन्न जिज्ञासाहरु राखेका थिए । भेलाले सर्वसम्मतिले गणेश विश्वकर्माको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी सात सदस्य मकवानपुर जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ। जसमा सचिवमा सुदिप विश्वकर्मा र कोषाध्यक्षमा रोमिन ओली तथा सदस्यहरूमा दिलबहादुर सुनार र पुरुषोत्तम आचार्य रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"