भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर जिल्ला भेला सम्पन्न
हेटौडा / हेटौडा स्थित वृन्दावन रेस्टुरेन्टमा आज भदौ ३ गते भौतिकवादी समाज नेपालको प्रथम मकवानपुर भेला एक कार्यक्रम बीच सम्पन्न भएको छ। रौतहट जिल्ला अध्यक्ष विनोद काफ्लेको सहजकर्तामा सञ्चालित उक्त भेलामा केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले विवाहित महिलाहरूलाई चुडा, सिन्दुर, लिपिस्टिक आदि सँग माया बस्नु भनेको पुरुष प्रधान समाजको दास्तासँग माया बस्नु हो भन्ने कुरामा सबै सचेत हुन जरुरी छ।
महिलाहरुले आफूहरू सँग बिहे गर्दा पुरुषहरुले आफूलाई सिन्दुर हाल्दा आफ्नो बिहे भएको तर पुरुषहरुलाई आफूले केही नहाल्दा पुरुषको बिहे कसरी भएको यसतर्फ पनि तर्क गर्नुपर्ने कुरा राख्नुभयो। श्रीमान श्रीमती आधाआधा भएपछि सबै कुरामा आधा हुने होइन र रु महिला पुरुषको दासी होइन, किन महिलाले श्रीमानको खुट्टा धोएर पिउनुपर्ने रु श्रीमानले श्रीमतीको खुट्टा धोएर पिउँदा के हुन्छ रु किन नपिउने रु अब यस्तो प्रश्न महिलाहरुले गर्न...
