छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै

Advertisement

दक्षिण कोरिया । कोरियन चाड छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा “सेलो नाइट विथ विश्व दोङ” को आयोजना हुने भएको छ । सौलको दोङदेमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 हलमा साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको आयोजनामा सेलो नाइटको आयोजना हुन लागिएको हो ।

‘पुस्तकालय निर्माण सहयोगार्थ’ स्वरुप आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आउने ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङ संगै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । स्थानीय कलाकारहरूमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्‍यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको पनि प्रस्तुती रहने छ । सेलो नाइट कार्यक्रममा प्रमुख रुपमा सेलो गीत तथा सेलो नृत्य सम्बन्धी विशेष प्रस्तुती रहनुका साथै र्‍यापर र डिजेले पनि माहोल तताउने आयोजकले जनाएको छ ।

गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले जनाएको छ । कार्यक्रमको प्रवेश शुल्क ३ मान वन कोरियन तोकिएको छ भने भीआईपी टिकट शुल्क ५ मान वन तोकिएको छ । कार्यक्रमको तयारी तीब्र रुपमा चलिरहेको आयोजक संस्थाका कार्यकारी सदस्य निर योञ्जनले बताए । अन्य समाजहरुको कार्यक्रमलाई असर नपर्नेगरी १७ तारिखको राती कार्यक्रम गर्न लागिएको कार्यकारी सदस्य निर योञ्जनले बताएका छन् । कार्यक्रम राती ८ बजे देखि डोर ओपन भएर बिहान ६ बजे डोर क्लोज गरिने छ । कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि आयोजकले आग्रह गरेका छन् । पोस्टरमा उपलब्ध गराइएको नम्बरमा सम्पर्क गरेर टिकट अग्रीम बुकिङ गर्न सकिने जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"