नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध
काठमाण्डौ / नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे पार्टीमा निर्विरोध भएको हो ।
नेकपा एसमा पदाधिकारी छान्न मंगलबार आज देखि चुनावी प्रक्रिया शुरू गरिएको हो । नेकपा एसमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गत असार २० मा महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको थियो । यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनाल सर्वसम्मत चयन भएकोे थियो ।
नेकपा एसले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी रहेको छ ।...


