जेसीज कप ब्याडमिन्टन प्रतियोगिता- देब र नरेन्द्रको टिमले जिते उपाधि 

Advertisement

  हेटौंडा /  नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले जितेकाछन् । शनिबार भएको फाईनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गरि देब र नरेन्द्रको टिमले उपाधि जितेको हो ।

शनिबार नै भएको सेमिफाइनल खेलमा देब अर्याल र नरेन्द्र मोक्तानको टिमले र सुवाश थापा र समराज पाख्रीनको टिमलाई पराजित गरि र संग्राम खत्री र मधुसुदन चौधरीको टिमले रामचन्द्र कार्की र बिमल बिष्टको टिमलाई पराजित गरि दुई टिम फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम खत्री भएका थिए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गरेका थिए ।  त्यस्तै दोस्रो नगद पुरस्कार मकवानपुरगढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले, उत्कृष्ट खेलाडी नगद पुरस्कार सिमारा जेसीजका लक्की रिमालले प्रायोजन गरेका थिए ।

त्यस्तै प्रथम हुने टिमलाई ट्रफी र मेडल पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले, दोस्रो हुने टिमलाई ट्रफी र मेडल कोषाध्यक्ष सञ्जय गोपालीले, उत्कृष्ट खेलाडी ट्रफी मिडिया संयोजक श्रीकृष्ण श्रेष्ठले प्रायोजन गरेको पालुङ जेसीज बर्ष २०२४का महासचिव बिक्रम गोपालीले बताए । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष र थाहानगर खेलकुद विकास समितिका संयोजक एवम् थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन समारोहमा थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको बिशिस्ट आतिथ्यता रहेको थियो ।

समापन समारोहमा थाहा नगरपालिका वडा नं. ४ का  वडा अध्यक्ष नारायण लामा, जनकल्याण माद्यामिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, समाजसेवी राजेश केसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर, थाहा नगरपालिका सामाजिक शाखा प्रमुख अनिल लामिछाने, पालुङ जेसीजका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष संगम कार्की लगायतको आतिथ्यता एवम् पालुङ जेसीजका बोर्डका पदाधाकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको बिजयी टिमलाई प्रमुख अतिथि र अतिथिहरुले नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए । भने प्रतियोगितालाई सहयोग गर्ने सहयोगी संघसंस्था, ब्यक्ति र संचारकर्मीहरुलाई कदरपत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको थियो । थाहा नगरपालिका वडा नं. ३ कोे कार्यालयले सहयोग गरेको प्रतियोगितामा थाहानगरका १३ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले बताए ।

थाहा नगरपालिका ४ मा रहेको कभर्डहलमा भएको प्रतियोगिता थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लवको समन्वयमा भएको भएको पालुङ जेसीज बर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए । पालुङ जेसीजको आयोजनामा थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता आफ्नो हजुरबुबाको स्मृतिमा हरेक बर्ष आयोजना गरिने पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"