Day: २ वर्ष अगाडि

नेपाल पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

नेपाल पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

Breaking News 1, समाचार, सूचना प्रबिधि
काठमाडौं / नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी  असोज ५ का लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक(पटक सर्दै आएको छ ।
सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

राजनीति, रोचक, समाचार
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।...
सहकारी ठगीमा संलग्न पाँच जनालाई ब्युरो सीआईबीले गरे पक्राउ

सहकारी ठगीमा संलग्न पाँच जनालाई ब्युरो सीआईबीले गरे पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो । सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।...
प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान, रोजगारी दिने मेयरको प्रतिबद्धता

प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान, रोजगारी दिने मेयरको प्रतिबद्धता

Breaking news 3, समाचार
हेटौँडा/ भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ’हेर्ने कथा’ मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो । आइतबार प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उज्यालोलाई जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उहाँको योग्यताअनुसारको रोजगारी दिने बताउनुभएको छ । ‘विभिन्न दाताहरूले उहाँको घर बनाउने का...
जेसीज कप ब्याडमिन्टन प्रतियोगिता-  देब र नरेन्द्रको टिमले जिते उपाधि 

जेसीज कप ब्याडमिन्टन प्रतियोगिता- देब र नरेन्द्रको टिमले जिते उपाधि 

Breaking News 2, खेलकुद, समाचार
  हेटौंडा /  नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले जितेकाछन् । शनिबार भएको फाईनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गरि देब र नरेन्द्रको टिमले उपाधि जितेको हो । शनिबार नै भएको सेमिफाइनल खेलमा देब अर्याल र नरेन्द्र मोक्तानको टिमले र सुवाश थापा र समराज पाख्रीनको टिमलाई पराजित गरि र संग्राम खत्री र मधुसुदन चौधरीको टिमले रामचन्द्र कार्की र बिमल बिष्टको टिमलाई पराजित गरि दुई टिम फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम खत्री भएका थिए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताका लागि प्रथम नगद पुरस्कार पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले आफ्ना स्वर्गीय हजुरबुवा रण...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"