हेटौंडा / हेटौंडा उपहानगरपालिका वडा नम्बर–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३९००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२९०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।





























