३६ बर्षीया नानुमायाको शव बारा जिल्लामा फेला
हेटौँडा/ पूर्वी मकवानपुरको क्षेत्र भएर बग्ने बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ । बकैया ६ की तितुङको शव बारा जिल्लामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनकोे शव सोमबार दिउँसो बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाको किनारमा फेला परेको मकवानपुर प्रहरी जानकारी दिएका हुन् । बैदेशिक रोजगारीका लागी विदेश जान लागेका छोरा छिरिङ तितुङलाई निजगढ पुर्याएर घर फर्किदै गरेकी उनलाई आइतबार बिहानै बकैयामा आएको बाढीले बगाएको थियो । उनि ३६ बर्षकी थिईन् ।...



