हेटौँडा / श्रीकृष्ण प्रमाणी युवा परिषद्को अध्यक्षमा प्रमोद वाग्लेले उम्मेदवारी दिनुभएको छ । वाग्ले केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।

श्रीकृष्ण प्रमाणी युवा परिषद् मकवानपुरको बैठकले असोज ३ र ४ गते काठमाडौंमा हुने १४ औं केन्द्रीय महाधिवेशनको अध्यक्ष पदका लागि वाग्लेको उम्मेदवारीको घोषणा गरिएको हो । यस्तै बैठकमा श्रीकृष्ण प्रमाणी युवा परिषद् बागमती प्रदेशमा निर्वाचित उपाध्यक्ष शिवप्रसाद खतिवडा, सदस्यहरु नवीन तिवारी, ज्ञानदास खतिवडा, भृगु कार्कीलाई स्वागत तथा सम्मान गरिएको छ । केन्द्रीय महाधिवेशनका लागि २३ प्रतिनिधि छनोट समेत गरिएको छ । श्रीकृष्ण प्रमाणी युवा परिषद् मकवानपुरका अध्यक्ष सुजन तिमल्सिनाको अध्यक्षतामा बैठक बसेको हो ।





























