Day: २ वर्ष अगाडि

जिल्ला लिग फुटबल प्रतियोगितामा डाँफे र गोर्खाको बराबरी, न्यू कम्बाइन, हटिया र पदमपोखरी विजयी

जिल्ला लिग फुटबल प्रतियोगितामा डाँफे र गोर्खाको बराबरी, न्यू कम्बाइन, हटिया र पदमपोखरी विजयी

Breaking News 2, खेलकुद, समाचार
हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार भएको र गोर्खा ब्वाइज क्लब र न्यू डाँफे युथ क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । मकवानपुर जिल्ला फुटबल संघद्धारा आयाजित जारी प्रतियोगितामा आज सोमबार भएको पहिलो न्यू डाँफे र गोर्खा ब्वाइजको खेल बराबरीमा रोकिँदा दोस्रो खेलमा न्यू कम्बाइन एफसी २–० गोलअन्तरले मल्टिभिजनलाई हराउँदै विजयी भएको हो । न्यू डाँफे युथ क्लबका सुशान्त तामाङ र गोर्खा ब्वाइजका मनोज घलानले पहिलो खेलमो गोल गरेका थिए । म्यान अफ द म्याच भने गम्भीर थिङ घोषित भएका छन् । यस्तै गरीे सिमलटार खेलमैदानमा आजै भएको सानोपोखरा क्लब र हटिया स्पोर्टसक्लबबीच भएको पहिलो खेलमा सानोपोखरालाई १–० गोलअन्तरले हराउँदै हटिया स्पोर्टस् विजयी भएको छ । हटिया क्लबका साजन मोक्तानले निर्णायक गोल गर्दै म्यान अफ द म्याच घोषित भएका हुन् ...
हाडनाता करणीको अभियोगमा हेटौंडा १५ का युवकलाई १५ वर्ष कैद सजाय

हाडनाता करणीको अभियोगमा हेटौंडा १५ का युवकलाई १५ वर्ष कैद सजाय

Breaking News 1, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार
हेटौँडा / हाडनाता करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । १४ वर्षीया बालिकालाई बलत्कार गरेको ठहर गर्दै जल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले हेटौंडा उपमहानगरपालिका १५ का २५ वर्षीय नाम परिवर्तित ३१ ए युवकलाई सजाय गर्ने फैसला गरेको हो । अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनाएको हो । इजलाशले हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ । हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।...
श्रीकृष्ण प्रमाणी युवा परिषद्मा वाग्लेको उम्मेदवारी

श्रीकृष्ण प्रमाणी युवा परिषद्मा वाग्लेको उम्मेदवारी

Breaking News 2, समाचार
हेटौँडा / श्रीकृष्ण प्रमाणी युवा परिषद्को अध्यक्षमा प्रमोद वाग्लेले उम्मेदवारी दिनुभएको छ । वाग्ले केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । श्रीकृष्ण प्रमाणी युवा परिषद् मकवानपुरको बैठकले असोज ३ र ४ गते काठमाडौंमा हुने १४ औं केन्द्रीय महाधिवेशनको अध्यक्ष पदका लागि वाग्लेको उम्मेदवारीको घोषणा गरिएको हो । यस्तै बैठकमा श्रीकृष्ण प्रमाणी युवा परिषद् बागमती प्रदेशमा निर्वाचित उपाध्यक्ष शिवप्रसाद खतिवडा, सदस्यहरु नवीन तिवारी, ज्ञानदास खतिवडा, भृगु कार्कीलाई स्वागत तथा सम्मान गरिएको छ । केन्द्रीय महाधिवेशनका लागि २३ प्रतिनिधि छनोट समेत गरिएको छ । श्रीकृष्ण प्रमाणी युवा परिषद् मकवानपुरका अध्यक्ष सुजन तिमल्सिनाको अध्यक्षतामा बैठक बसेको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"