मकवानपुरमा अविरण वर्षाले निम्त्याए यस्ता घटना : पहिरोमा परी खेलाडीको मृत्यु, दर्जनौ घर डुबानमा

Advertisement

हेटौंडा।  मकवानपुर सिस्नेरीका अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएर बेपत्ता भएका छन । अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका हुन् । ‘कुलेखानीको पानी ओभर फ्लो भए पछि ६ विद्यार्थीले छोटो बाटो रोजेर हिड्दा उनीहरु नै हिलो माटोमा परेर बगाएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए । हराएका ६ विद्याथी मध्ये तीन जनाको शव फेला परिसकेको छ भने थपको खोजी कार्य जारी रहेको जनाएको छ ।

यसै गरी अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा कर्राको पानी पसेर डुवान भएको छ। डुवानमा परेका पम्प संचालक कर्मचारी र उनका परिवारका सदस्यहरुलाई उद्धार गरिएको छ । कर्रा खोलाको बाढी पम्प हाउसमा प्रवेश गरेपछि उक्त क्षेत्र डुवानमा परेको थियो।

पम्प हाउसमा बाढी पसी डुवानमा परेका पम्प संचालक कर्मचारी र परिवारका ४ सदस्यको नेपाल प्रहरी, सशस्र प्रहरी र स्थानियबासीको सहयोगमा उद्दार गरिएको मकवानपुर प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने भएको छैन । यसैगरी मकवानपुरको मनहरी गाउँपालिका –६, डिपाडमा रहेका घरहररु डुवान परेका छन् । रातभर जाग्राम बस्दा पनि कुखुरा, बाख्रा, भाँडाकुँडा किनेर ल्याएको मल समेत बगाएको कुलमान डिम्डुङले जानकारी जानकारी दिए ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"