प्रतिज्ञा लामाको ‘परदेशीको कथा’ सार्वजनिक
दक्षिण कोरिया । कलाकार प्रतिज्ञा लामाको प्रस्तुती तथा अभिनयमा तयार भएको परदेशीको कथा बोलको गीतको म्युजिक भिडियो सहित सुक्रबार आसुशेन लामाको अफिशियल युट्युब च्यान मार्फत सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार आशुसेन लामाको शब्द, संगीत र स्वरमा तयार भएको उक्त गीतमा प्रतिज्ञा लामाको मुख्य अभिनय रहनुका साथै काइली लामा र सोनी तामाङको पनि अभिनय रहेको छ । समग्रमा परदेशीहरुको कथा बस्तुलाई समेटिएर तयार पारिएको गीतको भिडियो निर्देशन आशुसेन लामा स्वयम्ले गरेका छन् ।
त्यसैगरी गीतको एरेञ्ज भनिन्द्र राईले गर्नुका साथै मिक्सीङ सुमन खड्काले गरेका छन् । गीतको भिडियो जितु तामाङले खिच्नुका साथै कलरिङ र इडिट पनि जितु तामाङलेनै गरेका छन् । कलाकार प्रतिज्ञा लामाले तयार पारिएको कथा बस्तुमा आधारित रहेर तयार पारिएको भिडियोको छायांकन काठमाण्डौंको चोभार आसपासमा छायांकन गरिएको हो । ...
