आइटिसीको भेलाले गर्यो ६ वटा विषयगत समिति गठन र ३ वर्षे कार्य योजना पारित

Advertisement

हेटौंडा/अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)द्वारा आयोजित विषयगत विज्ञ भेला काठ्माण्डौमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषदको भेलाले ६ वटा विषयगत समिति गठन गरेका छन् । भने आगामी ३ वर्षेे कार्य योजना समेत पारित गरेको छ । उक्त भेलामा विषयगत समितिले ल्याएका कार्य योजनालाई प्लेनरीबाट पास गराएका थिए ।

विषयगत कार्य योजनामा तामाङ–तामाङबिच राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा नियमित सम्पर्क सम्बन्ध बढाउन सांस्कृतिक पुनः उत्थान सञ्जाल बनाई देशदेशबीच सांस्कृतिक कार्यक्रमहरू गरिने छ । ल्होछारलाई तिथि मिति तय गर्ने र भाषालाई पुस्तान्तरणका लागि श्रव्य दृश्य बनाउने जस्ता बिषयगत कार्य योजना सञ्चालन गरिने जनाएको छ । यसै गरी ह्रुई तथा स्वाँगेभाई सम्बन्धी विस्तृत अध्ययन, छलफल तथा प्रचारप्रसार गरी निर्क्योलमा पु¥याउने लगायतका योजनालाई पूर्णता दिने जनाएको छ ।

विज्ञ भेलाले ६ वटा विषयगत समिति गठन गरेका छन् । जसमा त्यस्तै तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजक दिनेश लो तामाङ, सदस्य सचिव प्रदीप ब्लोन तामाङ (भारत), सदस्यहरू असिम तामाङ (माल्टा), एलबी तामाङ (जापान), महिला सदस्य पेमा पाख्रिन (इजरायल), राम तामाङ (अमेरिका), रोम ब्लेन्देन तामाङ (साउदी अरब) रहेका छन् । र सांस्कृतिक पुनः उत्थान समितिको संयोजकमा डा. सङ्ग्राम सिं लामा, सदस्य सचिवमा उजिरसिंह तामाङ (भारत), सदस्यहरू सजिना मोक्तान लामा (जापान), विशाल योन्जन (क्रोएसिया) र उत्तर दोङ (उत्तर अमेरिका) चुनिएका छन् । यसै गरी तामाङ मानवअधिकार प्रवर्द्धन समितिको संयोजकमा सोमबहादुर घले, सचिव कुमार मोक्तान, (जापान), सदस्यहरू कुलो मोक्तान तामाङ (भारत), सुकसागर तामाङ, कुमार योन्जन (पोर्चुगल), रविन गोले तामाङ (माल्टा) र महिला सदस्य फुलम योन्जन (क्यालिफोर्निया) रहेका छन् ।

अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समितिको संयोजकमा सुदिपा लामा (भारत), सदस्य सचिव उषा वाइबा, सदस्यहरू रचना ब्लोन (डेनमार्क), प्रनिस तामाङ (अमेरिका), कुमारी तामाङ (इजरायल), सुरेश तामाङ (युएई) र रण तामाङ (दक्षिण कोरिया) चुनिएका छन् । यस्तै भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समितिको संयोजक अजितमान तामाङ, सचिव भीम तामाङ (सिक्किम भारत), सदस्यहरू प्रतीक ङेसुर, गिरीबहादुर घिसिङ (जापान) र महिला सदस्य सम्झना लामा (रोमानिया) रहेका छन् । यसै गरी अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजकमा खेन्पो सोनाम ग्युर्मे तामाङ, सदस्यहरू आचार्य शेरप चुन्दी तामाङ (भारत), लोपेन दावा वाङ्दी तामाङ (भारत), दोर्जे लोपेन चन्द्रवीर तामाङ (भारत), खेन्पो मोहनकुमार तामाङ र तीर्थमान बल रहेका छन् । भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका थिए। त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले विषयगत भेलामा अनलाइन (भर्चुअल) बाट सहभागिता भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"