Day: २ वर्ष अगाडि

हरिबोधनी एकादशीमा, मकवानपुर गढी दरबार परिसरमा मेला लाग्ने

हरिबोधनी एकादशीमा, मकवानपुर गढी दरबार परिसरमा मेला लाग्ने

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर, हेटौंडा/ हरिबोधनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिने गरेका छन् । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । मकवानपुर गढी गाउँपालिका वडा नमबर २ मा अवस्थित एतिहासिक मकवानपुर गढी दरबार परिसरमा कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी बिशेष मेला हुदंै छ । हरेक बर्ष यस दरबार परिसरमा हरिबोधनी एकादशीको अवसर पारेर मेला हुदैं आएको छ । भगवान कृष्ण को र महादेंव को मन्दिर अवस्थित रहेकाले छिमेकीे जिल्ला र भारतको बिहार सम्मका श्रद्धालुहरु दर्शन गर्न आउने गरेको २ नम्बर वडाका वडा अध्यक्ष्य बखान सिङ पाख्रिनले बताए । मेलामा विभिन्न खाले मादले नाच , जुहारी जस्ता गतिविधि हुने उनल...
आइटिसीको भेलाले गर्यो ६ वटा विषयगत समिति गठन र ३ वर्षे कार्य योजना पारित

आइटिसीको भेलाले गर्यो ६ वटा विषयगत समिति गठन र ३ वर्षे कार्य योजना पारित

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
हेटौंडा/अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)द्वारा आयोजित विषयगत विज्ञ भेला काठ्माण्डौमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषदको भेलाले ६ वटा विषयगत समिति गठन गरेका छन् । भने आगामी ३ वर्षेे कार्य योजना समेत पारित गरेको छ । उक्त भेलामा विषयगत समितिले ल्याएका कार्य योजनालाई प्लेनरीबाट पास गराएका थिए । विषयगत कार्य योजनामा तामाङ–तामाङबिच राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा नियमित सम्पर्क सम्बन्ध बढाउन सांस्कृतिक पुनः उत्थान सञ्जाल बनाई देशदेशबीच सांस्कृतिक कार्यक्रमहरू गरिने छ । ल्होछारलाई तिथि मिति तय गर्ने र भाषालाई पुस्तान्तरणका लागि श्रव्य दृश्य बनाउने जस्ता बिषयगत कार्य योजना सञ्चालन गरिने जनाएको छ । यसै गरी ह्रुई तथा स्वाँगेभाई सम्बन्धी विस्तृत अध्ययन, छलफल तथा प्रचारप्रसार गरी निर्क्योलमा पु¥याउने लगायतका योजनालाई पूर्णता दिने जनाएको छ । विज्ञ भेलाले ६ वटा विषयगत समिति गठन ...
तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न 

तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न 

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । गुरुङहरुको साझा संगठन तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाले आफ्नो स्थापनाको २५ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा गत अगस्ट ३ र ४ तारिखमा भव्य रुपमा रजत जयन्ती समारोहको आयोजना गरिएको थियो । सोही समारोहको समापन हिजो आइतबार सौल स्थित दोङम्योको एक सभाहलमा भव्य कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । समापन समारोहमा नेपाल देखि अन्तराष्ट्रिय तमु परिषदको संस्थापक अध्यक्ष एवम् कुशल वक्ता रेशम गुरुङलाई प्रमुख अतिथिको रुपमा ल्याएको थियो । प्रमुख अतिथि गुरुङले कार्यक्रममा सहभागीहरूलाई गुरुङ समुदायको इतिहास, कला, संस्कृति र समग्रमा आदिवासी आन्दोलनको विषयमा प्रस्ट पार्नुभएको थियो ।   तमू धीं दक्षिण कोरियाको अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक संगठन, क्षेत्रीय संगठन, जातीय संगठन र प्रादेशिक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"